नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउने आदेश गरेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले यस्तो आदेश दिएको हो ।
न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले आइतबार यसअघि मगाएको कागजमा प्रस्टता नदेखिएको उल्लेख गर्दै पुनः माग गर्ने आदेश गरेको हो । लामिछानेको मुद्दा फैसलाका लागि पेसी चढ्दै आएको छ ।
लामिछानेविरुद्ध नाम परिर्वतन (गौशाला) ले जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । लामिछानेले नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा १० देखि १२ वर्ष कैद र क्षतिपूर्तिको मुद्दामा गरिएको छ ।