नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने ३५ वर्षीय आशीष थापालाई आइतबार बिहानप्रहरीले पक्राउ गरेको छ ।
थापाले ती महिलालाई २०७९ फागुन १२ गते राति ललितपुर टिकाथलीस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सादोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया, ठाकुरबाबा नगरपालिका-६ तुल्सीपुर बस्ने २४ वर्षीय बिनोद परियार र २० वर्षीय नवराज परियारलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती किशोरीलाई ललाई फकाई भे.१०प ५५२ नम्बरको मोटरसाइकलमा सोही नगरपालिका-७ बठनपुरस्थित जङ्गलको छेउमा रहेको मचानमा लगि दुवै जनाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बकुवा र ईलाका प्रहरी कार्यालय भुरिगाउँ बर्दियाबाट खटिएको प्रहरीले दुवै जनालाई उक्त मोटरसाइकलसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।