नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।
आईसीसी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटका लागि सोमबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो ।
क्यानले २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । नेपाली टोलीले मंगलबारबाट टिमको तयारी सुरु गर्नेछ । जिम्बावेमा आगामी जुन जुलाईमा आयोजना हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टोलीको सहभागिता रहनेछ । सहभागी दश टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।
विश्वकप छनोटमा लिग -२ बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाउँदा विश्वकप सुपर लिगमा पुछारको पाँचमा रहेका श्रीलंका, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्सले विश्वकप छनोटमा स्थान पक्का गरेका छन् ।
छनोट हुने खेलाडी
कप्तान रोहितकुमार पौडेल
कुशल भुर्तेल
आशिफ शेख
ज्ञानेन्द्र मल्ल
आरिफ शेख
दीपेन्द्रसिंह ऐरी
गुल्सन झा
सोमपाल कामी
करण केसी
सन्दीप लामिछाने
भीम सार्की
प्रतिश जिसी
ललित राजवंशी
अर्जुन साउद
सन्दीप जोरा
देव खनाल
किशोर महतो
सूर्य तामाङ
कमल सिंह ऐरी
श्याम ढकाल र
कुशल मल्ल