नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।
चेन्नाई सुपर किंग्स भारतमा इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेन्नाईले गुजरात टाईटन्सलाई १५ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
चेन्नाईको घरेलु मैदान एमए चिन्नास्वामी स्टेडियम चेपकमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । चेन्नाईको लागि ऋतुराज गायकवाडले ६० रनको अर्धशतकीय पारी खेले भने डेभोन कन्वेले ४० रन बनाए ।
त्यस्तै रविन्द्र जडेजा २२ रन जोड्दा अजिंक्या रहाणे र अम्बाती रायुडू समान १७-१७ र मोईन अली ९ रनमा अविजित रहे । गुजरातका लागि मोहित शर्मा र मोहम्मद सामीले समान २-२ विकेट लिए भने नूर अहमद, दर्शन नालकंडे र राशिद खानको भागमा समान १-१ विकेट रह्यो ।
१७३ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले निर्धारित २० ओभरमा अलआउट हुदै १५७ रनमा समेटियो । गुजरातका लागि शुभमन गिलले ४२ रन बनाए भने राशिद खानले ३० रन जोडे । यस्तै दाशुन शनका १७ रन बनाई आउट भए भने विजय शंकरले १४ र ऋद्धिमान शाहले १२ जोडे ।
चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना, रविन्द्र जडेजा र महेश थिक्सनाले समान २-२ विकेट लिए भने तुसारदेस पान्डेको भागमा १ विकेट रह्यो । जितसंगै चेन्नाई दशौं पटक आईपीएल फाइनलमा पुगेको हो । फाइनल खेल आगामी आइतबार हुनेछ ।