नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ 

नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई पद तथा गोपनीयताकोशपथ गराएका हुन्  ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० बमोजिम उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराए ।



राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार वन तथा वातावरण मन्त्रीमा महतो र शिक्षा राज्यमन्त्रीमा कुमारीलाई नियुक्त गरेका हुन् । जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको हो ।

सम्बन्धित समाचार