नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।
नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ । उपत्यका तीन जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरमा बिदा हुने प्रवक्ता जितेन्द्र बस्नेतले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना :