नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
रूकुम (पश्चिम) मा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । बिहीबार रूकुम (पश्चिम) बाँफिकोट गाउँपालिका-८ दुली दुधारस्थित भित्री सडकमा दुलीबाट खलङ्गातर्फ जाँदै गरेको लु.१ ज १७४७ नम्बरको जिप अनियन्त्रित भइ दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जना रहेका छन् ।
त्यस्तै दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पताल सल्लेमा उउपचार भइरहेको छ भने ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाइएको छ । जिप सडकबाट अन्दाजी ५०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन ।