नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ जेठ ।
नेपाली क्रिकेटमा एक पछि अर्को सफलता हसिल गर्दै गरेको नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट क्रिकेट परिषद् (आईसीसी) पुन: तुषारोपात गरेको छ ।
जिम्बावेमा हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायर हुँदै विश्वकपसम्म पुग्ने आकांक्षा राखेको नेपालको बाटोमा आईसीसी नै बाधक रहेको भन्दै आलोचना भएको छ ।
छनोट चरण र अभ्यास खेलको तालिका सार्वजनिक भएसँगै नेपाली क्रिकेटका नेपालभित्र र बाहिर रहेका समर्थकहरुमा आक्रोश उत्पन्न भएको हो ।
मंगलबार सार्वजनिक भएको अभ्यास खेलमा नेपाललाई टेस्ट राष्ट्रसँग खेल्न बञ्चित गरेर आईसीसीले नेपालको अगाडि बढ्ने बाटो रोक्न खोजेको टिप्पणी भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले अभ्यास खेल टेस्ट राष्ट्रसँग गराउन अनुरोध गर्दै आईसीसीलाई पत्र लेखिसकेको छ । यस बारेमा आईसीसीबाट जवाफ आइसकेको छैन ।
नेपालले अभ्यास खेल संयुक्त अरब इमिरेट्स र ओमानसँग खेल्ने तय गरेपछि नेपाललाई विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्न नदिने षड्यन्त्रका रुपमा क्रिकेट समर्थकहरुले लिएर आलोचना गरिरहेका छन् ।
हेर्नुहोस् यो भिडियो –
भिडियो साभार- भिजन नेपाल एचडी