राष्ट्रपति पौडेलद्वारा रेशमसहित ४८२ जनाको कैद सजाय माफी (विज्ञप्तिसहित) 

राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको अवसरमा ४८२ जनाको कैद सजाय माफी गरेको जनाएको हो  ।

नेपाल सरकार मन्त्रिपरिषद्को आइतबारको रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिसमा राष्ट्रपति पौडेलले  सो निर्णय गरेका हुन् ।



‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूबाट नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८०/२/१२ को बैठकको सिफारिसमा मिती २०८०/२/१५ गते देखि लागू हुने गरी  रमेश थलङ भन्ने हेमबहादुर थलङ /लिम्बूसमेतका ४७५ जना र जेष्ठ नागरिक उदयनारायण गिरीसमेत सात जना गरी कुल ४८२ को कैद भुक्तान हुन बाँकी सजाय नेपालको संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा  माफी भएको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति –

सम्बन्धित समाचार