नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ जेठ ।
सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँ वृद्धि भइ अहिलेसम्मकै सर्वाधिक मूल्य पुगेको छ । यसअघि २०८० बैशाख १८ गते गते गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ पुगेको थियो ।
स्थानीय बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख १३ हजार ३०० रहेकोमा बिहीवार रु १ लाख १२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १२ हजार ७५० रहेकामा बिहीवार प्रतितोला रु १ लाख ११ हजार ९५० मा कारोबार भएकोे थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बिहीवारको मूल्य भन्दा २५ रुपैयाँ बढ्दै एक हजार ४३५ मा कारोबार भएको छ । बिहीवार चाँदी प्रतितोला एक हजार ४१० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
यस अघि सुनको मूल्यले २०७९ चैत २२ गते बुधबार रेकर्ड कायम गरेको थियो । उक्त दिन स्थानीय बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख ११ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १० हजार ५०० मा कारोबार भएको थियो ।