मृत अवस्थामा ५ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । नवलपरासी(पश्चिम), प्रतापपुर गाउँपालिका-८ मजुवा मर्चहवा भन्ने स्थानमा गाई भैँसी पालेर बस्ने सोही गाउँपालिका-८ मजुवा बैरिहवा घर भएका ५० वर्षीय तिलकराज भेडियार र उनकै श्रीमती ५० वर्षीया सोही ठाउँस्थित मजुवा मर्चहवामा मंगलबार मृत अस्थामा फेला परेका छन् ।

त्यस्तै रुपन्देही, बुटवल उपमहानगरपालिका-२ पाखापानीस्थित पिपलको चौपारीमा हाल नाम, थर, वतन नखुलेका ७० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता कैलाली, गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।



बिहीबार राति कविता बुढा, उनकै छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय डिल्ली भन्ने दिलिप सिह बुढा हराएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा केदारेश्वर सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा कबिता बुढाको शव फेला पारेको हो ।

दिलिप सिह बुढा र बालक डन्डी राज बुढाको प्रहरीले खोजी गरिरहेको छ । यस्तै पर्सा, ठोरी गाउँपालिका-२ ठोरीस्थित टाउन प्लान होटल संचालन गरी बस्ने भारत बेतिया नरकटियागंज घर भएका २६ वर्षीया आस्मा क्षेत्री आफ्नै होटलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

यसैगरी म्याग्दी, रघुगंगा गाउँपालिका-६ नाङगे जंगलस्थित खोल्सामा सोही गाउँपालिका-६ कालावाङ बस्ने २४ वर्षीया हरिमाया शेर्पुन्जा सोमबार मृत अवस्थामा फेला परेकी छन् । घास काट्ने क्रममा अचानक माथिबाट बाढी आई हरिमायालाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार