नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ जेठ ।
आफ्नै १४ दिने शिशुको हत्या गरी फरार रहेका अभियुक्त बारा देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ १४ गते आफ्नो १४ दिनको छोरालाई हत्या गरी अन्सारी फरार रहेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।