नवकान्तिपुर संवाददाता
काठमाडौं, जेठ २९ ।
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (सोमबार) बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटकपटक भूकम्प गएको थियो ।
यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।