जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा उदयपुर, कटारी नगरपालिका-३ हडिया बस्ने १६ वर्षीय किशोर रहेका छन् । उनलाई  सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।



किशोरले ती बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार