दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प

दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (मंगलबार)बिहान ४ बजेर ५५ मिनेट जाँदा खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।



यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

सम्बन्धित समाचार