नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असार ।
चर्चित ललिता निवास जग्गा प्रकरणको अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जनालाई केन्द्रीय अनुसन्धान व्युरो (सिबिआई) ले पक्राउ गरेको छ । गुरुङ नक्सालस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।
पक्राउ पर्ने अन्य चारजनामा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौत्तम र हुपेन्द्रमणि केसी रहेका छन् ।
डेढ वर्ष अगाडि स्थगन भएको यस प्रकरणलाई सिबिआईले पुनः व्युँताएको छ ।