नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।
सरकारले असार १४ गते अर्थात् बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।
‘नेपाल राजपत्रमा मिति २०७८/१२ /०२ मा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र उक्त पर्व मिति २०८० असार १४ गते बिहीबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले मिति २०८० असार १४ गते देशभर सार्वजनिक बिदा कायम गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको लागी यो सूचना प्रकाशित गरिएको छ’ गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचना