नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिन्धुली, सुनकोशी गाउँपालिका-६ घुमाउने चैनपुर नजिक सडकमा मधेश प्र.०२- ००६ प ०५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक धनुषा सबैला नगरपालिका-४ बस्ने ४४ वर्षीय राज कुमार साहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको आत्मिय अस्पताल खाल्टे सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी उनकै श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी सिन्धुली, दुधौली नगरपालिका-५ कुलुवास्थित सडकमा स.१० प २७१४ नम्बरको मोटरसाइकल र प्र.१-०५-००१प ४८६५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा स.१० प २७१४ नम्बरको मोटरसाइकल चालक दुधौली नगरपालिका-५ बस्ने ३० वर्षीय अनिल गुरुङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली सिन्धुली हुँदै जिल्ला अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका प्र.१-०५- ००१प ४८६५ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बारा, जितपुरसिमरा उपमहनगरपालिका-१८ मोतिचोकमा ना.७ ख ५४६६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सुवर्ण गाउँपालिका-३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मंगलबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै नवलपरासी (पूर्व), बौदीकाली गाउँपालिका-२ भुरुङगे चोकस्थित सडकमा लु.२ ख ४४८२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री तनहुँ घिरिङ गाउँपालिका-४ बस्ने ६० वर्षीय दुर्गा बहादुर दमाईको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको वि.वि.कोईराला मेमोरियल अस्पताल बेलचौतरा तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।