नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।
सरकारले असार १२ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।
असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले मुलुकका विभिन्न ७ स्थानलाई औद्योगिक ग्राम घोषणा गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिइन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
सवारी तथा यातायात व्यवस्था नवौं संशोधन नियमावली, २०८० स्वीकृत गर्ने निर्णय
नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय
रास्कोट नगरपालिका नडा नम्बर ६ कालिकोट,नरहरीनाथ गाउँपालिका वडा नम्बर २ कालिकोट,राप्ती सुन्दरी गाउँपालिका वडा नम्बर ४ बाँके,रम्बा गाउँपालिका वडा नम्बर ३ पाल्पा,सितगंगा नगरपालिका वडा नम्बर १३ अर्घखाँची,जगरनाथपुर पाउँपालिका वडा नम्बर ५ पर्सा र महागढीमाई नगरपालिका वडा नम्बर ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय
२०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेष्ट अहुदायीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्री समितिको पाँचौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीलाई सहभागी हुन स्वीकृत दिने निर्णय
२०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोवल एक्शन से डेभलपमेन्ट सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठलाई स्वीकृत दिने निर्णय
संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ नेतृत्व गठन गर्ने निर्णय
सार्वजनिक सडक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणा पत्र अनुसार कानून तर्जुमा गर्न स्वीकृति दिने निर्णय
अजरबैजानको बाकोमा मिति असार २० र २१ मा आयोजना हुने असंग्लन राष्ट्रहरुको मन्त्री स्तरिय बैंठक र २०८० असार १८ र १९मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको नेतृत्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय
जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम गुर्वाकोट नगरपालिका सुर्खेत, मंगला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका संखुवासभा, गुजरा नगरपालिका रौतहट, मुसीकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय
२०८० साल असार २० गतेदेखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसाममा आयोजना हुने २०२३ ग्लोवल मिटिङमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय
पन्देही जिल्ला साबिक खुदाबगार गा.वि.सको ०१६१० बिगा सरकारी जग्गा सुधाबागर आदर्श कलेजलाई भाडामा दिन स्वीकृत दिने निर्णय
सिराहा जिल्ला साबिकको लभकुली गा.वि.सको १ बिगा १० कट्ठा जग्गा कर्जना नगरपालिकालाई १५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने निर्णय
ललितपुर जिल्ला साबिक र्झराराशी गा.वि.सको ९ हजार ५०० रोपनी सरकारी जग्गामध्ये ४ हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने निर्णय