डा. श्रेष्ठको अध्यक्षतामा झापा विकास समाज गठन

समान भावना र उद्देश्य भएका डा. आनन्दप्रसाद श्रेष्ठ अध्यक्ष रहेको झापा समाज, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती अध्यक्ष रहेको झापा विकास मञ्च र गणेशकुमार श्रेष्ठ अध्यक्ष रहेको झापा काठमाडौं प्रजातान्त्रिक समाजलाई व्यवहारिक र कार्यगत रूपमा समायोजन गर्ने उद्देश्यले शनिबार काठमाडौंमा आयोजित संयुक्त बैठकले सर्वसम्मत रूपमा डा. आनन्दप्रसाद श्रेष्ठको नेतृत्वमा एघार सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, महासचिवमा गङ्गाप्रसाद भेटवाल, सचिवमा भरत कोइराला र कोषाध्यक्षमा कोशलराज रेग्मी तथा सदस्यहरूमा क्रमशः माधवप्रसाद नेउपाने, लक्ष्मीप्रकाश पौड्याल, नैनविनोद नेउपाने, भरत घिमिरे, मीना पराजुली पोखरेल तथा रामनाथ मैनाली रहेका छन् भने बैठकले विश्वराज रेग्मीलाई स्थायी विशेष आमन्त्रित सदस्यका रूपमा चयन गरेकोे छ ।



झापामा घर भई हाल विश्वका विभिन्न भागमा रहेर विभिन्न पेशामा संलग्न युवाहरूबाट झापा जिल्लामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा केही योगदान गर्नका लागि संगठित हुन दिएको निरन्तरको दवाव र एउटै उद्देश्य रहेका तीन संस्थाहरूबीच पटक पटक भएको छलफलपछि बनेको साझा दृष्टिकोणको परिणामस्वरूप नयाँ कार्यसमिति बनेकोले संस्था अब नयाँ जोश र जाँगरका साथ गतिशील हुने कुरामा आफू विश्वस्त रहेको नवनिर्वाचित अध्यक्ष डा. श्रेष्ठले बताए ।

सम्बन्धित समाचार