गगनले देश बदल्न कांग्रेस बदलिनुपर्छ भनेपछि… 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ कांग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेको बताए । कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको भन्दै महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको उद्घोष गरे ।



उनले भने, ‘एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री बन्ने कुराले आज एकसाथ कांग्रेस, एमाले, माओवादी जस्ता पुराना पार्टी सङ्कटमा परेका छन्, जनताले नयाँ खोजेकाले यसलाई रुपान्तरण गर्न जरुरी छ । प्रजातन्त्रमा एउटै व्यक्ति पटक-पटक प्रधानमन्त्री हुने देश कुनै छैन ।’

उनले दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको भन्दै कांग्रेस बदलिएमात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन सबैलाई आग्रह समेत गरे । महामन्त्री थापाले कांग्रेस सकियो भनेर नआत्तिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

 

सम्बन्धित समाचार