चामल कहाँ पाइन्छ भन्दा ‘पसलमा’ भन्ने विद्यार्थीहरूलाई पञ्चेबाजासहित उतारियो हिलो खेतमा

नेपाललाई कृषि प्रदान देश भनिएता पनि काठमाडौंमा बस्ने ससाना नानी बाबुहरुलाई ‘चामल कहाँबाट आउँछ र केबाट बन्छ’ भनेर सोध्यो भने ‘पसलबाट आउँछ’ तथा ‘दूध केले दिन्छ’ भनेर सोध्दा ‘डेरीले दिन्छ’ भनेर उत्तर दिन थालेका छन् । विद्यार्थीलाई जीवनका आधारभूत कुराको स्रोतको पनि ज्ञान हुन छोडेपछि मनमैजुस्थित लालीगुराँस नेशनल एकेडेमीले असार १५ को अवसरमा रोपाइँको आयोजना गरी विद्यार्थीलाई खेतमा नै उतारेको छ ।

प्रविधि र व्यवहारिक शिक्षालाई विशेष जोड दिँदै आएको उक्त विद्यालयले असार १५ र राष्ट्रिय धान दिवसको महत्व बुझाउन विद्यार्थीहरुलाई खेतमा नै उतारेको हो ।



सो अवसरमा ससाना विद्यार्थीलाई हिलाम्मे खेतमा लगी धान कसरी रोपिन्छ ? रोपाइँ गर्दा बाउसेको भूमिका के रहन्छ ? रोपारहरु कसरी धान रोप्छन ? बिउ कसरी काडिन्छ ? जस्ता कुरालाई प्रत्यक्ष अनुभूत गराइएको थियो । दिगो सिकाइका लागि विद्यार्थीहरुलाई विविध गतिविधिहरुमा सहभागी गराउने क्रममा रोपाइसँग प्रत्यक्ष साक्षात्कार गराउने उद्देश्यले विद्यार्थीहरुलाई खेतमै लगिएको विद्यालयले जनाएको छ ।

अभिभावकहरुको सकारात्मक सल्लाह तथा सुझावलाई मध्यनजर गर्दै आयोजना गरिएको रोपाई कार्यक्रममा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । आगामी दिनहरुमा पनि विद्यार्थीको सहभागितामूलक यस्ता कार्यक्रमहरुको आयोजना गर्दै अगाडि बढ्ने विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार