किन घटाइयो ट्वीटरमा प्रयोगकर्ताले पढ्न सक्ने पोस्टको सङ्ख्या ?

ट्वीटरले ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ कम्पनीहरूले साइटमा भएको तथ्याङ्कको प्रयोगमा कमी ल्याउनको लागि प्रति दिन बढीमा १० हजार ट्वीटहरू पढ्न सक्ने अस्थायी व्यवस्था गरिएको एलन मस्कले शनिबार घोषणा गरेका छन् ।

पछिल्लो प्रावधानअनुसार ट्वीटरले प्रमाणित एकाउन्ट भएका ट्वीटर प्रयोगकर्तालाई एक दिनमा १० हजार ट्वीट पढ्न दिने र निः शुल्करूपमा ट्वीटरको प्रयोग गर्ने (अधिकांश प्रयोगकर्ता), जसलार्ई अप्रमाणित प्रयोगकर्ता भनिएको छ,ले प्रति दिन एक हजार ट्वीटहरू मात्र पढ्न पाउनेछन् । त्यस्तै, नयाँ तथा अपुष्ट प्रयोगकर्ताले ५०० मात्र ट्वीट पढ्न पाउनेछन् ।



मस्कले शनिबार अपराह्न एक ट्वीटमा भने, ‘तथ्याङ्क प्रेषण (डाटा स्क्रैपिङ्गको चरम स्तरलाई सम्बोधन गर्न’ यो निर्णय गरिएको हो ।’ मस्कको घोषणापछि संयुक्त राज्य अमेरिकामा ‘गुडबाई ट्वीटर’ ट्रेन्डिङको विषय बनेको थियो ।

ट्वीटरका अर्बपति मालिकले यो नियम कहिलेसम्म लागू हुने भन्ने समयसीमा भने खुलाएका छैनन् । मस्कले अघिल्लो दिन अकाउन्ट बिना साइटमा ट्वीटहरू पढ्न सम्भव छैन भन्ने घोषणा गरेका थिए ।

अधिकांश ‘डाटा स्क्रैपिङग’ उनीहरूको एआई नमूनाहरू निर्माण गर्न प्रयोग गर्ने फर्महरूबाट आइरहेको र यसले साइटमा अवरोधको समस्याहरू निम्त्याइरहेको मस्कले बताएका छन् । मानव–जस्तै क्षमतामा प्रतिक्रिया दिन सक्ने एआई सिर्जना गर्न, धेरै कम्पनीहरूले कार्यक्रमहरूलाई सामाजिक मिडिया साइटहरूबाट वास्तविक जीवनको कुराकानीको उदाहरणहरू तान्ने गर्छन् ।

मस्कले भने, ‘सयौँ सङ्गठनहरू (शायद अधिक) ले ट्वीटर तथ्याङ्कलाई अत्यन्त आक्रामक रूपमा प्रयोग गरिरहेका छन् र यसले वास्तविक प्रयोगकर्ता र उनीहरूको अनुभवलाई असर गरिरहेको छ ।’

‘एआईको सञ्चालन सुरूवातमा रहेका वा केही ठूला कर्पोरेसनहरूसम्मले पनि विशाल मात्रामा ‘डेटा स्क्रैप’ गरिरहेका छन्,’ उनले भने । एआई क्षेत्रको तीव्र गतिसँग जुध्नु पर्ने ट्वीटर एक्लो सामाजिक सञ्चारमाध्यम भने होइन ।

सम्बन्धित समाचार