एनआरएन अष्ट्रेलियाको अध्यक्षका उम्मेदवार पोखरेलले गरे युवा समूहकै उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलले आसन्न निर्वाचनका लागि आफ्नो समूहमा रहेका युवा उम्मेदवारहरू घोषणा गरेका छन् । आगामी जुलाई २९ मा हुने चुनावका लागि उनले समूहकै उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्ष पदका उम्मेदवार पोखरेलले अनुभवी एवम् विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका सारथीहरू लिएर चुनावमा होमिएका हुन् ।

उनको समूहमा राष्ट्रिय टिमको महासचिव पदमा सन्तोष कुँवर र सचिवमा थिर बहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सहकोषाध्यक्षका लागि रोजी पन्त र युथ कोअर्डिनेटरमा अर्जुन गौतमले उम्मेदवारी घोषणा गरेका छन् । स्टेट कोअर्डिनेटरमा विनोद बहादुर कुँवर, स्टेट डेपुटी कोअर्डिनेटरमा अमर रसाइली, स्टेट युथ मेम्बरमा विज्ञान कँडेलले उम्मेदवारी छ । एनसीसी मेम्बरमा बद्रिकुमार बरुवाल, तेज कवाय, सन्तोष श्रेष्ठ, प्रकाश पाण्डे, रोशन भट्टराई र बिमल कँडेलले उम्मेदवारी घोषणा गरेका छन् ।



एक दशकदेखि एनाअरएनएमा आवद्ध भएका पोखरेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोश्रो कार्यकालमा आफू निर्बिरोध निर्वाचित भएको पोखरेल बताउँछन् । एनआरएन अष्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । उनी भन्छन्, ‘यो एनआरएन अष्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको छ, त्यसबाहेक कोषाध्यक्षका रुपमा मैले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छु ।’

एनआरएनलाइ संस्थागतकरण, प्रविधीमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, बिभिन्न तहका सरकारसंग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिंदै आएका छन् ।

को हुन् महासचिव सन्तोष ?
एनआरएन अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेलको समूहबाट महासचिवका उम्मेदवारी घोषणा गरेका सन्तोष कुँवर विगत १४ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका छन् । अष्ट्रेलियामा विद्यार्थी भिजामा सन् २००९ मा अष्ट्रेलिया पुगेका उनले २०१० मा मास्टर्स गरेका थिए । त्यसपश्चात अष्ट्रेलियाको ‘माइग्रेसन ल एण्ड प्राक्टिस’मा स्नातक गरे । सन् २०१८ देखि उनले ब्रिसबेनमा माइग्रेसन्ट एजेन्टको रुपमा व्यवसाय सञ्चालन गरिरहेका छन् । यतिमात्रै नभई उनले २ वटा इटालियन रेस्टुरेन्ट समेत सञ्चालन गर्दै आइरहेका छन् । उनले एनआरएनमा रहेर विभिन्न पद तथा भूमिकामा रहेर काम गरिसकेका छन् । २०१५-२०१७ मा एनआरएन क्यूएलडीमा उनी प्रदेश सचिव रहेका थिए । यस्तै सन् २०१७-२०१९ मा एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष समेत बनेका उनी २०१९-२०२१ मा अन्तराष्ट्रिय समन्वय परिसद् (आइसीसी) सदस्य र २०२१ देखि हालसम्म आईसीसीका उपमहासचिव रहेका थिए । विभिन्न क्षेत्रमा नेतृत्वको अनुभव सँगालिसकेका कुँवरले यसपटक पोखरेलको प्यानलबाट महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

को हुन् सचिवका प्रत्यासी गुरुङ ?
सचिवमा उम्मेदवारी घोषणा गरेका थिरबहादुर गुरुङ सन् २००८ मा अष्ट्रेलियामा पुगेका थिए । अध्ययनका लागि अष्ट्रेलिया पुगेका उनले त्यहाँ विजनेस र ‘इन्टरनेशनर टुरिजम म्यानेजमेन्ट’ विषयमा स्नातक गरे । अष्ट्रेलियामा रहँदै गर्दा उनले विभिन्न कार्यक्रम तथा सामूदायिक संगठनहरूका स्वयम्सेवकको भूमिका निर्वाह गरेका छन् । उनले २०१३-२०२३ सम्म खुकुरी फुटबल क्लवको कार्यकारी सदस्य, २०१७(२०२३ तामु ढी एसए को प्रवक्ता, २०१९-२०२३ सम्म एनआरएन स्टेट युथ कोअर्डिनेटर, २०२१-२०२३ सम्म एनआरएन स्टेट ग्राण्ड एप्लिकेसन सल्लाहकार, एनआरएन राष्ट्रिय युवा सल्लाहकार २०२१-२०२१सम्म र २०२२-२०२३ सम्म एडिलेड नेपालिज क्रिकेट एसोसिएसनका सल्लाहकारको भूमिकामा रहेका थिए ।

सम्बन्धित समाचार