छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका-२ सनराईज बोर्डिङ स्कुल अगाडि सडकमा मे.१० प ८२१० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८६ वर्षीय हर्क बहादुर बुढाथोकीको मृत्यु भएको छ ।

मंगलबार बिहान मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल दमक हुँदै नोबेल अस्पताल विराटनगरमा बुधबार बिहान थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ ।



त्यस्तै सल्यान, बागचौर नगरपालिका-१ ठिनबाँङखोलास्थित सडकमा रा.१ त ३२६३ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार लाल बहादुर बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपलागंज बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालकसहित अन्य २ जनालाई स्थानीय जनप्रिय पोलिक्लिनिक थारमारे हुँदै थप उपचारको लागि नेपलागंज बाँकेतर्फ पठाइएको छ । यस्तै कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ आमखैयास्थित सडकमा बा.०१००२५ च ३६३४ नम्बरको टाटा पिकअप जिपको ठक्करबाट साईकलयात्री कृष्णपुर नगरपालिका-१ बस्ने ५९ वर्षीय अमर साउँदको बुधबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरीया हुँदै सेती प्रादेशिक अस्पताल धनगढीमा थपउपचारको क्रममा मृत्यु भएको हो । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार