बालेन साहले ‘म आजबाट अपराधी, तारिखमा छु’ भनेपछि…     

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफू अपराधी रहेको भन्दै तारिखमा रहेको बताएका छन् । उनले आइतबरबाट अपराधी रहेको भन्दै तारिखमा रहेको सामाजिक सञ्जालमा बताएका हुन् ।

आइतबार सर्वोच्च अदालतबाट जारी भएको तारिख पर्चा प्राप्त भएपछि मेयर साहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारिखमा रहेको उल्लेख गरेका छन्  ।



बालेनले फेसबुकमा लेखेका छन्,  ‘आज एउटा विशेष दिन, आजबाट म तारिखमा छु । भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा र आजै प्रधानमन्त्रीज्यूले छुट पाउनुभयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी । जय होस् यो देशको ।’

केही दिनअघि मेयर साहले भारतीय चलचित्र ‘आदिपुरुष’मा  समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्द नहटाएसम्म चलचित्र नेपाली हलमा चल्न नदिने घोषणा गरेपछि मेयर साहलाई सर्वोच्च अदालतले असार १२ गते मंगलबार सात दिनभित्र लिखित जवाफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको थियो ।

तर मेयर शाहले ‘अदालतको आदेश मान्दिनँ’ र सरकार र अदालत भारततर्फ रहेको बताएपछि अदालतको अवहेलना गरेको भन्दै उनीविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले मुद्दा दायर गरेकी थिइन् ।

 

सम्बन्धित समाचार