जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, बुद्धशान्ति गाउँपालिका- १ संग्रौला टोल बस्ने ३३ वर्षीय चन्द्र बहादुर रोक्कालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई पैसाको लोभ देखाई सोही गाउँपालिका-४ चिलिमगढीस्थित नव ज्योति सामुदायिक वन क्षेत्रमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार