नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ असार ।
पर्वतमा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । शनिबार राति पर्वतको कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जिप कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा दुर्घटना भएको हो ।
दुघर्टनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यसअघि दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा निधन भएको थियो ।
दुर्घटनामा परी घाइते हुने मध्ये कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ भने शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेकाले उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।
यात्रुबहाक जिपको टायर फुस्केर ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुस :