नुवाकोट काङ्ग्रेसको चियापान कार्यक्रम सम्पन्न

बिपी स्मृती दिवसको अवसर पारेर नेपाली काङ्ग्रेस नुवाकोटका नेता तथा कार्यकर्ताले बसुन्धरास्थित एक व्याङ्केटमा चियापान तथा भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । नेपाली काङ्गे्रसका प्रातःस्मरणीय नेता बिपी कोइरालाको स्मरणमा उक्त भेटघाट कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएका छन् ।

नेता कृष्ण कुइँकेलले चियापान कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेपछि कार्यक्रम औपचारिक रूपमा आरम्भ भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता ध्रुव अधिकारीले नुवाकोटमा काङ्ग्रेस नेताहरुले बिपीको अनुशरण गर्न छोड्दै गएकोले पार्टी कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले आयोजित चियापान तथा भेटघाट कायक्रम कसैप्रति लक्षित नभएको बताउँदै नुवाकोट काङ्ग्रेसलाई थप बलियो बनाउन सबै नेता कार्यकर्ताहरुलाई आग्रहसमेत गरे ।



कार्यक्रममा क्षेत्रीय सभापतिका प्रत्यासी नेता विषम रिमालले काङ्ग्रेसलाई मजबुत बनाउन नेता तथा कार्यकर्ता साथीहरुसँग बेला बेलामा यस्तै चियापान तथा भेटभाट कार्यक्रमको आयोजना गर्दै आइरहेका जानकारी गराउँदै गत फागुन ७ गते पनि प्रजातन्त्र दिवसको दिन पारेर नुवाकोटको खरानीटारमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको जानकारी गराए ।

नेता रिमालले लामो समयदेखि पार्टीमा त्याग गरेका नेता तथा कार्यकर्ताहरुको जगबाट नै काङ्ग्रेस बलियो भएको बताए । उनले थपे– ‘तर पछिल्लो समय नुवाकोटमा पार्टी कमजोर हुँदै गएकोले त्यसको निर्मम समीक्षा गर्न जरुरी भइसकेको छ ।’

कार्यक्रममा पूर्व जिल्ला सभापति, जिल्लास्तरीय नेताहरु, क्षेत्रीय तथा प्रदेशका प्रत्यासी नेताहरु तथा नेताहरू बाबुकाजी पाठक, रामप्रसाद अधिकारी, रामकृष्ण थापा, पदमराज पौडेल, जिल्ला कार्यसमितिका सहसचिव यादव नेपाल, क्षेत्रीय सचिव नित्यराज ढुङ्गाना, प्रदेश ख सचिव जगदीश कुइँकेल, प्रदेश ख नेता ऋषिकुमार तामाङ्गलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार