नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ । बुधबार साँझ राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ८० किलोभन्दा माथिको सुन बरामद गरेको हो ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको पुष्टि गरे । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ । ‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको छ । हामी अहिले अपरेशनमै छौँ’, उनले भने ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए । उसुन कसको हो भन्नेबारे खुल्न सकेको छैन भने यसबारे थप अनुसन्धान जारी रहेकाले आजसम्ममा धेरै कुराहरु खुल्ने पनि ढुङ्गानाले बताए ।