जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हुम्ला, ताजाकोट गाउँपालिका-२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लुहारले ती महिलालाई सोही गाउँपालिका-१ जिउछास्थित भेडी गोठमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ताजाकोट छप्रेलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै ७३ वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, तुलसीपुर उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ बस्ने २० वर्षीय रेशम बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।



तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित पार्किङ गरी राखेको ना.४ ख ७८४८ नम्बरको गाडीभित्र उनीहरूले ती महिलालाई गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट तुलसीपुर बसपार्क र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार