नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टमस्-२०२३ स्टक टेकिङ मोमेन्ट’ मा भाग लिन गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डकै सिफारिसमा उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न उपप्रधानमन्त्री खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति :