एनआरएन अष्ट्रेलियाको चुनाव: एक्जिट पोलमा अध्यक्षका उम्मेदवार पोखरेल अगाडि

गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको अध्यक्ष पदका उम्मेदवार अनिल पोखरेल एक्जिट पोलमा अगाडि देखिएका छन् । एनआरएनए प्रि एक्जिट पोलमा अनिल अन्य दुई जना उम्मेदवारलाई पछि पार्दै अग्र भागमा देखिएका हुन् ।

एक्जिट पोलमा उनले अर्का उम्मेदवार डिला खरेललाई ३२ मतले पछि पारेका छन् । उनले ९६६ (३४.५० प्रतिशत) मत पाउँदा खरेलले ९३४ (३३.३६%) मत पाएका छन् । यस्तै अर्का उम्मेदवार देवबहादुर गुरुङले ९०० (३२.१४%) मत पाएका छन् ।



कुल २८०० मत खसेकोमा अनिल अगाडि देखिएका हुन् । एनआरएनए अष्ट्रेलियाको चुनाव शनिवार हुँदैछ । एक दशक देखि एनाअरएनएमा आबद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शिता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोस्रो कार्यकालमा आफू निर्विरोध निर्वाचित भएको पोख्रेलले बताउँदै आएका छन् ।

एनआरएन अष्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । त्यसबाहेक कोषाध्यक्षका रूपमा उनले अष्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न समेत सफल भएका थिए ।

एनआरएनलाई संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, विभिन्न तहका सरकारसँग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।

सम्बन्धित समाचार