नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।
सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शीर्षनेताहरूका बीचमा छलफल भएको हो ।
शीर्षस्तरका नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । त्यस्तै छलफलमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा छलफल भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।