नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले यही साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीशको पदमा नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । वर्तमान प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण यही साउन २० गते अनिवार्य अवकाश लिँदै छन् ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो । रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो । उनको कार्यकाल आगामी २०८१ असोजसम्म हुनेछ ।