नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ साउन ।
भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकरलाई राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा नियुक्त भएकी छिन् । आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देविका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो ।
आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट सोही छनोटका लागि देविकालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको हो । उनले भारत र बंगालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेकी छन् ।
देविकाले गत सिजनको वुमन्स प्रिमियर लिगमा मुम्बई इन्डियन्स क्लबबाट ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह गरेकी देविका सन् २०१४ देखि २०१६ सम्म भारतको र २०१८ मा बङ्गलादेशको सहायक प्रशिक्षक बनेकी थिइन् ।
आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगिता मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा नेपाल रहेको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा नेपाल सहित आयोजक मलेसिया बहराइन, भुटान, कतार र युएई छन् । त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् ।
प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।