नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । काठमाडौं, काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ हल अगाडि घरको बरण्डामा हाल एकिन नाम, थर, वतन, नखुलेको नवराज राई भनिने करिब ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ शिवालय मन्दिरको प्राङगणभित्र निर्माणधिन भवनमा करिब ४० वर्षीय पुरुष र भिमाद नगरपालिका-५ बाँदरकुनास्थित सेती नदीको किनारमा करिब ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । हाल दुवै जनाको नाम, थर, वतन खुल्न सकेको छैन् ।
यस्तै सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनको गोरेटो बाटोको छेउमा बाँके जानकी गाउपालिका घर भई हाल बिरेन्द्रनगर नगरपालिका-६ मंगलगढीमा सडकको काम गर्ने १९ वर्षीय बिष्णु रैदास बुधबार मृत अवस्थामा फेला परेका छन् । उता अछाम, मेल्लेख गाउँपालिका-४ बोरागाउँ बस्ने ४० वर्षीया सुना साउद सोही ठाउँस्थित सरानी खोलाको किनारामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
यता सप्तरी, अग्निसाईर कृष्णसवरण गाउँपालिका- ५ धिमार टोल बस्ने २२ वर्षीया कबिता सदा सोही गाउँपालिका-६ राई खोलास्थित आँपको फुलबारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । शनिबारदेखि हराएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैगरी सिरहा, मिर्चैया नगरपालिका-६ कटारी जाने बाटोस्थित शम्भु होटलको छेउमा मोरङ विराटनगर उपमहानगरपालिका-१० बस्ने २५ वर्षीय सिद्धान्त भट्टराई गएराति मृत अवस्थामा फेला परेका छन् । आफ्नै को.१ च९१७२ नम्बरको पिकअप गाडीमा कपी लोड गरी बिक्रीवितरण गर्न चालकसहित आएका उनी बास बसेको उक्त होटल नजिकै मृत फेला परेका हुन् ।
त्यसैगरी सर्लाही, हरिपुर्वा नगरपालिका-७ स्थित बाके खोलाको किनारमा सोही नगरपालिका-९ बस्ने ६० वर्षीय भोला चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै डोटी, दिपायल सिलगढी नगरपालिका-३ बरलदेउस्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै पाल्पा, रामपुर नगरपालिका-८ खोरियाघाटस्थित कालिगण्डकी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।