नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार साँझ राष्ट्रपति कार्यालय शितल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड नियमित भेटघाटका क्रममा राष्ट्रपति कार्यालय पुगेका हुन् । भेटमा उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
त्यस्तै भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रपतिसमक्ष विश्व खाद्य कार्यक्रमबारे ब्रिफिङसमेत गरेको प्रेस सल्लाहकार पोखरेलले बत्ये ।