रुस ५० वर्षपछि चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्दै

रुसले चन्द्रमाको दक्षिणी ध्रुवको खोजी गर्ने ऐतिहासिक अभियान सञ्चालन गर्दै शुक्रबार बिहान लुना–२५ चन्द्र स्टेशन सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

रिटर्न क्याप्सुल नभएको स्टेशनलाई रुसको सुदूर पूर्वको अमुर ओब्लास्टको भोस्टोचनी कोस्मोड्रोमबाट फ्रेगेट अपर स्टेजको साथ सोयुज–२.१बी रकेटले प्रक्षेपण गरेको थियो ।



लिफ्ट अफ भएको नौ मिनेट पछि, लुना–२५ स्टेशनको साथ फ्रिगेट माथिल्लो चरण रकेटको तेस्रो चरणबाट अलग भएको बताइएको छ । त्यसको लगभग एक घण्टापछि लुना– २५ फ्रिगेट माथिल्लो चरणबाट अलग भयो र सफलतापूर्वक चन्द्रमाको उडान मार्गमा प्रवेश गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार