नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।
नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताइसकेका थिए ।
अब जनमत पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने तयारी गरिरहेको छ । सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन सकेको थिएन ।