नवकान्तिपुर संवाददाता
काठमाडौं, ३२ साउन ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । मोरङ, बिराटनगर महानगरपालिका-१ फुटबल चोक बस्ने ५३ वर्षीया रेनुका अधिकारी आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै दाङ, गढवा गाउँपालिका-१ बस्ने ६५ वर्षीय कालुराम कुमाल सोही गाउँपालिका-१ मलमला पुल नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता रूकुम (पश्चिम), आठबिसकोट नगरपालिका-६ झोडेनी डाँडास्थित भिर नजिकै सोही नगरपालिका-६ छिमी बस्ने ४७ वर्षीय आसे बोहरा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै झापा, मेचीनगर नगरपालिका-८ मेचेगाउँस्थित खेतको कुलोको झाडीभित्र सोही ठाउँ बस्ने ४० वर्षीय सुन्दर किसान बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार राति घरबाट हिँडेका उनी उक्त स्थानमा मृत फेला परेको घटनामा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट खटिएको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ कचना महादेव टोलस्थित ट्याङग्रा खोला नजिकको खाल्डोमा सोही ठाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका-३ घर भएकी ३५ वर्षीया सिता लिम्बु बुधबार मृत अवस्थामा फेला परेकी छन् । उता कास्की, पोखरा महानगरपालिका-२३ घाँटीछिनास्थित हर्पन खोलाको ड्याममा सोही महानगरपालिका-२३ सिराने बस्ने ५५ वर्षीय देउ बहादुर सार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१७ पिप्रहरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै चितवन, भरतपुर महानगरपालिका-१७ गाजिपुर भ्यूटावरस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।