आज यी स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर र पुर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा न्यून चापिय क्षेत्र रहेको छ । हाल मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू- भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



यस्तै आज राति देशभर देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू- भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार