जस्मिन पेन्ट्सले ल्यायो नयाँ तथा आकर्षक उपहार योजना

चाडपर्वलाई लक्षित गरी जस्मिन पेन्ट्सले नयाँ तथा आकर्षक उपहार योजना सार्वजनिक गरेको जनाएको छ । विज्ञप्तिमा जस्मिन पेन्ट्सले आफ्ना ग्राहकहरूसँग खुसी साट्ने उद्देश्यले ‘नेपाली मनको नेपाली रङ्ग’ स्लोगनका साथ कम्तिमा ७५ हजारको रङ खरिद गर्ने ग्राहकहरूलाई आफ्नो आकर्षक उपहार योजनामा सहभागी गराउने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– विगत ३० वर्षदेखि निरन्तर रूपमा नेपालको रङ्ग बजारमा रङ्ग उत्पादन गर्दै हाम्रा नेपालभरि नियुक्त डिलरहरू मार्फत ‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने स्लोगनका साथ हाम्रा उत्पादनहरू नेपाली ग्राहक समक्ष पुर्याइरहेका छौं । हाम्रा हरेक उत्पादनहरू उच्च गुणस्तरीय र अन्तर्राष्ट्रिय रङ्हरूसँग प्रतिस्पर्धा गर्न सक्षम भइरहेको अवस्थामा नेपाली पेन्ट्सहरूमध्येकै नम्बर १ पेन्ट्सको रूपमा स्थापित हुन पाउँदा निकै गौरवान्वित भएका छौ । यसको श्रेय हामी हाम्रा सम्पर्ण बिक्रेता तथा ग्रहाक महानुभावहरूलाई दिन चाहन्छौ ।



जस्मिन पेन्ट्स आफ्नो व्यावसायिक बृद्धिको लागि ग्राहक केन्द्रित योजनाहरू विगतका वर्षहरूदेखि नै संचालन गर्दै आएको कुरा यहाँहरूलाई अवगत नै छ । यस वर्ष पनि हामीले आउदै गरेका चाडपर्वहरूमा थप खुशी प्रदान गर्ने उदेश्यका साथ यही २०८० भाद्र १ गतेदेखि २०८० मंसिर १५ गतेसम्मका लागि ग्राहक लक्षित ‘रंगिन पल खुशी डबल’ ग्राहक उपहार योजना लागु गरेका छौं । यस योजनामा सहभागी हुन ग्राहक महानुभावहरूले नजिकैको डिलरहरूबाट कम्तिमा रू. ७५,०००/- भ्याट सहितको जस्मिन पेन्ट्सको उत्पादनहरूको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् ।

विजेताको घोषणा लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ । जस अन्तर्गत ४०० जना ग्राहकहरूले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत १ जनाले Yamaha Ray Z Cooter, ७ जनाले Redmi 12 स्मार्ट मोबाईल फोन, २० जनाले AQ Fit Smart Watch, ४५ जनाले DHI 2.8 ltr इलेक्ट्रिक राईस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्न्छन् ।

हाम्रो उत्पादनले अझ बढी ग्राहक महानुभावहरूको मन जित्न सफल रहनेछ भन्ने पूर्ण विश्वास लिएका छौं । हामीले हाम्रो उत्पादन गुणस्तरलाई ध्यानमा राखी अझै बजार द्रुत गतिमा विस्तार गर्ने लक्ष्य लिएका छौं ।

सम्बन्धित समाचार