काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको भाडा कति ? (सूचीसहित)

काठमाडौँ उपत्यका सहित बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा बढेको छ । बिहीबारबाट लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशको भदौ ४ गतेको मन्त्रीस्तरीय निर्णयले भाडादर समायोजन गरेको हो ।



मन्त्रालयले बढाएको भाडा दर बिहीबारै राजपत्रमा प्रकाशित भएको छ । भाडा बढेको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ ।

नयाँ भाडा अनुसार उपत्यकाभित्रको सार्वजनिक साधनमा ५ किलोमिटरसम्म रु १९ । यसअघि १८ रुपैयाँ कायम थियो । १० किलोमिटरसम्मको लागि रु २४ बाट बढेर २७ , १५ किलोमिटरसम्म रु २९ बाट बढेर ३१, २० किलोमिटरसम्मको रु ३२ बटा बढेर ३५ र २० किलोमिटरभन्दा माथिको लागि रु ३७ बाट बढाएर ४० निर्धारण भएको छ । यसैगरी उपत्यकाभन्दा बाहिर सञ्चालन  हुने सवारी साधनमा ५.३१ प्रतिशत भाडा वृद्धि गरी साविक भाडादर समायोजन गरेको छ ।

सूची –

सम्बन्धित समाचार