सन्दीपलाई एसिया कप खेल्ने बाटो खुल्यो, सोमबार पाकिस्तान जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई एसिया कप खेल्न पाकिस्तान जाने बाटो खुलेको छ । बलात्कार आरोपको कारण सर्वोच्च अदालतमा रहेको पेशी भदौ २१ गतेको लागि सरेसँगै उनको पाकिस्तान जाने बाटो खुलेको हो ।

सन्दीप भोलि (सोमबार) एसिया कप खेल्नको लागि पाकिस्तान जाँदै छन् । सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले एसिया कप खेल्न सन्दीप सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने जानकारी दिए । सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेशी तोकिएको थियो । इजलासको पाँचौंं नम्बरमा रहेको मुद्धालाई हेर्न नभ्याइने भन्दै आदेश आएपछि उनको पेशी भदौ २१ गतेलाई सरेको हो ।



सन्दीपविरुद्धको मुद्दा आइतबार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको थियो । पछिल्लो पटक काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पिडितको आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिँदै सुनुवाइ स्थगित गरेको थियो ।

यसअघि लामिछाने विश्वकप क्रिकेट प्रतियोगिता छनोटका लागि जिम्बावे प्रस्थान गरेपछि मुद्दाले निरन्तरता पाउन सकेको थिएन । नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

एसिया कपको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली पाकिस्तानमा अभ्यास गरिहेको छ । एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा हुनेछ भने दोस्रो खेलमा भारतसँगभदौ १८ मा श्रीलंकामा खेल्नेछ ।

 

 

सम्बन्धित समाचार