आज यी स्थानमा वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग अनुसार आज (सोमबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ ।



यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ । यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार