नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशमा राजदूत नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले फ्रान्स, संयुक्त अरब इमिरेट्स(युएई) र कुवेतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति पय्देल्ले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि , तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
राजदूतहरुलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।