नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ भदौ ।
पाकिस्तान र श्रीलङ्काको सहआयोजनामा आज(बुधबार)देखि एसिया कप क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज विश्व वरीयताको एक नम्बरमा रहेको बलियो राष्ट्र पाकिस्तानसँग खेल्दैछ ।
पाकिस्तानको घरेलु मैदान मुल्तानमा हुने खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ । प्रतियोगितामा नेपाल पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनाका साथ मैदान उत्रदै छ । तर पाकिस्तान पराजित गर्नु नेपाललाई फलामको चिउरा चपाउनु सरह हुनेछ ।
यता घरेलु टोली भने नेपल्लिया पराजित गर्दै जितको साथ प्रतियोगिता सुरु गर्ने दाउँमा रहेको छ । एसिया कपको नवप्रवेशी टिम नेपालले बलियो राष्ट्र पाकिस्तानसँग खेल्न लागेको हो । नेपाल एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
एकदिवसीय विश्वकप लिग टूका पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै नेपाल एक दिवसीय विश्वकप छनोट खेल्न पाएको थियो भने एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो । नेपाल रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रदै छ भने पाकिस्तान बाबर आजमको नेतृत्वमा मैदान उत्रदैछ ।
प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘क’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘ख’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश रहेका छन् । यस वर्ष एसिया कप ५० ओभरमा हुनेछ । भारतमा आगामी अक्टोबरमा हुने विश्वकप प्रतियोगिता अगाडि एसियाका दिग्गज खेलाडी एकअर्काको नाडीछाम्न कोलम्बोमा भिड्दै छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा कोलम्बोमा हुने फाइनल स्पर्धा गर्नेछन् भने शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।
भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको कारण हाइब्रिड मोडलमा सहमति भएपछि शीर्ष स्थानमा रहेको छ । एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । दुई पटक एशिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर सहीन शाह अफ्रिदी र नामुद विकेटकिपर मोहम्मद रिजवानलगायत छन् ।
क्रिकेटको पावरहाउस भारत सबैभन्दा धेरै एशिया कप जितेको छ । आठौं उपाधिको लागि एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतलाई कप्तान रोहित शर्माले पुनः जितको स्वाद चखाउने प्रयास गर्नेछन् । उनलाई विराट कोहलीजस्ता सिपालु ब्याट्सम्यान, अलराउन्डर हार्दिक पाण्ड्या, द्रुत गतिका बलर जसप्रित बुमराह लगायतको साथ रहने छ ।
कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलोपटक एशिया कप खेल्न ब्याट्सम्यान आरिफ शेख, लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर आसिफ शेखलगायत खेलाडी श्रीलङ्कामा अभ्यासरत छन् । एक दिवसीय वरियतामा १५ औँ स्थानमा रहेको नेपाल यो वर्षको प्रारम्भमा विश्वकप छनोटमा पुगेर ५० ओभरको खेलमा पराजित भएको थियो ।
समूह ‘ख’ मा रहेका बङ्गलादेश एक दिवसीय वरियतामा सातौँ, श्रीलङ्का आठौँ र अफगानिस्तान नवौँ स्थानमा छन् ।