नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ भदौ ।
भोजपुर जिल्लाको तुङगेछा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (शुक्रबार) बिहान १ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो ।
भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालको केही जिल्लामा महसुस गरिएको थियो ।
यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।