कांग्रेसका सहमहामन्त्री यादवमाथि साङ्घातिक आक्रमण

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा धारिलो हतियारले आक्रमण भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको हो ।

यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले  नुवाकोटाको विदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्याम सापकोटालाई आक्रमणमा प्रयोग भएको हतियारसहित नियन्त्रणमा लिएको छ । सापकोटाले रिसको झोकमा आक्रमण गरेको प्रहरीलाई बताएका छन् ।



उनले यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेका हुन् । यादवको टाउकाको पछाडिको भागमा गहिरो चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको छ । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सो आक्रमणको कारण खुल्न सकेको छैन । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सम्बन्धित समाचार